काठमाडौं । आज नेप्से १९ दशमलव ३४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सर्वोतम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।













