IME Life New

सरकारको निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति, बीमाको भने उपेक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग मन्त्रालयले देशमा सुरक्षित र स्थिर लगानीको वातावरण निर्माण गर्दै निजी क्षेत्रको मनोबल उच्च बनाउन निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

विगतमा भएका आन्दोलन, बन्दहड्ताल तथा २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक सम्पत्तिमा पुगेको ठूलो क्षति, तोडफोड र आगजनीका घटनापछि लगानीकर्तामा छाएको असुरक्षा र निराशालाई सम्बोधन गर्न सरकारले यो दूरगामी रणनीति अघि सारेको हो।

Esewa
Crest

राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार जेनजी आन्दोलनका क्रममा करिब ८४ अर्ब रुपैयाँबराबरको भौतिक सम्पत्तिको क्षति भएको आँकलन गरिएको छ। यसै पृष्ठभूमिमा मुलुकलाई बजारमुखी अर्थतन्त्रतर्फ उन्मुख गराउन र दिगो आर्थिक विकास हासिल गर्न यो रणनीतिलाई महत्वपूर्ण कोशेढुंगाका रुपमा हेरिएको छ।

नयाँ रणनीतिअन्तर्गत औद्योगिक क्षेत्र, औद्योगिक करिडोर र विशेष आर्थिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने, भौतिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल र द्रुत सुरक्षा टोली परिचालन गर्नेजस्ता ठोस कदम समावेश गरिएका छन्। साथै, क्षतिग्रस्त उद्योगहरुका लागि कर छुट, नवीकरण शुल्कमा सहुलियत, सहुलियतपूर्ण कर्जा र सेवा प्रणालीलाई भर्चुअल एकल विन्दु सेवा केन्द्रमार्फत सरलीकृत गर्ने व्यवस्था मिलाइएको छ। सरकारले लगानी प्रव्द्धनका लागि विभिन्न नियामकीय सुविधा प्रदान गरे पनि प्राकृतिक एवं मानव सिर्जित जोखिमहरूबाट व्यवसायलाई पूर्ण सुरक्षा दिन बीमा कभरेजको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।

रणनीतिमा जोखिमको बीमासम्बन्धी पक्षलाई भने उपेक्षा गरिएको छ। जेनजी आन्दोलनका क्रममा ठूलो मात्रामा सरकारी सम्पत्ती र सवारीसाधन आगजनी गरिए । सरकारसँग सीमित श्रोतका कारण सरकारले नयाँ सवारीसाधन खरिद गर्न सक्ने अवस्था छैन । चुनावका बेला समेत पुनः छिमेकी मुलुक भारतसँग चारपांग्रे सवारीसाधन अनुदान माग्नुपर्ने बाध्यता बन्यो।

यो रणनीतिको पृष्ठभूमिमा लेखिएको छ विपदका कारण कुल गार्हस्थ उत्पादनको करिब ३ प्रतिशत सम्पत्ति वार्षिक रुपमा क्षति पुग्ने गरेको छ। यस्तो जोखिमबाट व्यवसायी र औद्योगिक क्षेत्र पनि प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । जलिवद्युत परियोजना, यातायात तथा ढुवानी सेवा विपदका कारण प्रत्यक्ष प्रभावित हुने क्षेत्र हुन्।

व्यवसायको निरन्तरता र दिगोपनका लागि पर्याप्त बीमा सुरक्षावरण हुनु अत्यावश्यक छ। औद्योगिक प्रतिष्ठानहरुमा हुने अनपेक्षित तोडफोड, आगजनी, लुटपाट वा प्राकृतिक विपद्का कारण व्यहोर्नुपर्ने ठूलो आर्थिक नोक्सानीबाट जोगिन बीमाले वित्तीय सुरक्षा कवचको काम गर्छ। कुनै पनि विपद्पछि व्यवसायलाई पुनः उकास्न, पुनःनिर्माण गर्न र श्रमिक तथा लगानीकर्ताको जोखिम न्यूनीकरण गरी उद्योगलाई निर्वाध रुपमा सञ्चालन गर्न बीमाले मुख्य आधार प्रदान गर्छ।

त्यसैले रणनीतिक भौतिक सुरक्षासँगै व्यवसाय निरन्तरता योजनामा बीमा सुरक्षालाई एकीकृत रुपमा लैजानु नै नेपालको निजी क्षेत्रलाई उत्थानशील र सुरक्षित बनाउने सर्वोत्तम उपाय हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS