काठमाडौं । हिजो झिनो अंकले बढेको बजारले आज पनि वृद्धिलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ८ दशमलव ८१ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४७ कम्पनीको १ करोड २ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सुपर खुदी हाइड्रोका लगानीकर्ताले १३ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ११ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाएका हुन् ।












