IME Life New

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पर्छ प्रतिलिटरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २० रूपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोमितिर अमेरिकी डलर १३१ ले बढाइएको छ ।

Esewa
Crest

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर २ सय रुपैयाँ र डिजेल र मट्टितेल पनि प्रतिलिटर २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, दोस्रो वर्ग सुर्खेत र दाङ्ग क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ९९ सय रुपैयाँ र डिजेल र मट्टितेल पनि १ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, तेस्रो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका स्थानहरुमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेल पनि १ सय ९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS