काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेशबहादुर अमात्यलाई दिइएको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। अर्को व्यवस्था नभएसम्मका लागि साउन ११ गतेबाट लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो।
अमात्यले हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)बाट राजीनामा दिएर हिमालयन लाइफमा प्रवेश गरेका थिए। उनी हिमालयन लाइफमा पनि डीसीईओ भएर गएका हुन्।












