काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई निर्देशन दिएको छ।
प्राधिकरणले एउटा परिपत्र जारी गर्दै सबै प्रकारका बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो। बीमकको दाबी व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी एवं प्रविधिमैत्री बनाउन तथा बीमितलाई आफ्नो दाबी अवस्थाबारे वास्तविक समयमा जानकारी प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न यो प्रणाली लागू गर्न प्राधिकरणले निर्देशन दिएको छ।
दाबी प्रक्रियाको डिजिटल ट्रयाकिङ प्रणाली (बीमितले दाबीको सूचना बीमकलाई दिनेदेखि बीमकले दाबी भुक्तानी गर्दासम्मको प्रत्येक चरणको जानकारी बीमितले पाउने प्रणाली हो। यो प्रणाली ३ महिनाभित्र तयार गरी अनिवार्य रुपमा लागू गर्न प्राधिकरणले निर्देशन दिएको छ।












