काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा पुनर्बीमा व्यवसाय गर्ने वा गर्न चाहने विदेशी पुनर्बीमकलाई सूचीकरण नम्बर नवीकरण गर्न वा नयाँ दर्ता गर्न अनुरोध गरेको छ।
पुनर्बीमा निर्देशिका, २०८० को दफा १२ मा सबै विदेशी नेपालमा पुनर्बीमा व्यवसाय गर्ने विदेशी पुनर्बीमकहरूले प्राधिकरणमा सूचीकृत भएर दर्ता नम्बर लिनुपर्छ । दर्ता भइसकेकाले दर्ता नम्बर नविकरण गराउनुपर्छ।
बीमा प्राधिकरणका अनुसार, सूचीकरण दर्ता नविकरणको प्रकृया सम्बन्धी जानकारीका लागि [email protected] वा [email protected] मा इमेलमार्फत् जानकारी लिन सक्नेछन्।












