IME Life New

आजबाट निःशुल्क शेयर तालिम सञ्चालन गर्दै सन सेक्युरिटिज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिजले वित्तीय साक्षरता अन्तर्गत आज असार ३१ गतेबाट निःशुल्क १० दिने शेयर तालिम सञ्चालन गर्दैछ । तालिम कार्यक्रम हरेक दिन साँझ ७ः३० देखि ९ः०० बजेसम्म गुगल मिट प्लेटफर्मबाट अनलाइन सञ्चालन हुनेछ ।

काठमाडौं बाहिर तथा नेपाल बाहिर बसेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्ताहरुलाई लक्षित गरी १० दिनको शेयर तालिम सञ्चालन गरेको हो ।

Esewa
Crest

यस तालिममा शेयर बजारका निम्न बमोजिमका विषयहरु समेटेर १० दिन सम्म अनलाईनमा गुगल मिटको माध्यमबाट यो तालिम सञ्चालन हुनेछ ।

तालिममा समावेश गरिने विषयहरुः
१ शेयर बजारको आधारभूत विश्लेषण
२ संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजर्सहरुले शेयर छनौट गर्ने विधि
३ लगानीमा लिभरेज (मार्जिन कारोबार आउँदै गरेको सम्बन्धमा) को प्रयोग तथा जोखिम व्यवस्थापन सम्बन्धमा ।
४ नेपालमा लगानीका लागि उपलब्ध वित्तिय साधनहरु
५ भ्यालु इन्भेष्टिङ्ग र मल्टि–बैगर्स शेयर पत्ता लगाउने तरिका (लगानी अनूभव सहित)
६ लगानीमा आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) को प्रयोग
७ प्राविधिक विश्लेषण (क्याण्डल, प्याटर्न, चार्ट, ट्रेण्ड र विभिन्न इण्डिकेटरहरु सहित)
८ वर्तमान परिवेशमा लगानीकर्ताहरुले कस्तो रणनीति अख्तियार गर्ने (प्यानेल डिस्कसन विथ अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्त)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS