IME Life New

एनएमवि वैकको एफपिओलाई धितोपत्र वोर्डको अनुमति, एफपिओको मूल्य ३३३ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः एनएमवि वैकले थप सार्वजनिक निस्कासन (एफपिओ) निष्कासनको लागि नेपाल धितोपत्र वोर्डवाट अनुमति पाएको छ। बैकले तीन अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ वरावरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता प्रति कित्ता आधार मुल्य(फेस भ्यालु) एक सय रुपैयाँमा दुर्इ सय ३३ रुपैयाँ प्रिमियम थप गरि तीन सय ३३ रुपैयाँका दरले निष्कासन अनुमति पाएको छ। बैकले एफपिओ निष्कासनकोलागि बिक्रि प्रवन्धकमा नागरिक लगानी कोषलाइ नियुक्त गरिसकेको छ।

पछिल्लो त्रैमासको वित्तिय विवरण अनुसार बैकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। फपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ । एफपीओ निष्कासन पछि बैकको चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्छ। २ अर्ब ६५ करोड प्रिमियम वाट संकलित रुपैयाँ जगेडा कोषमा जम्मा हुन्छ। एफपिओपछि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकमा ४० करोड रुपैयाँ पूँजी अपुग देखिनछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS