काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ४६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।













