काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ०६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १२ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।













