काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।












