IME Life New

आगामी आर्थिक वर्षको बजेटमा यस्ता छन् बीमा क्षेत्रसँग समेटिएका विषय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा सरकारले बीमा क्षेत्रलाई उल्लेख्य रुपमा समेटको छ । यस वर्षको बजेटले बीमा क्षेत्रलाई प्रोत्साहन गरेको देखिएको छ । यस पटकको बजेटमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुका विषयलाई प्रभावकारी तथा सकारात्मक रुपमा समेटेको छ । प्रस्तुत बजेटमा बीमा क्षेत्रसँग सम्बन्धित १४ वटा बुँदा समेटिएका छन्।

यस्ता छन् बीमामा समेटिएका विषयहरु

Esewa
Crest
  • राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्ने ।
  • कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउदैँ लैजाने ।
  • कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रू २ अर्ब १० करोड विनियोजन ।
  • स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्ने ।
  • स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार । खर्चमा उल्लेख्य कटौती हुने ।
  • स्वास्थ्य बीमा कार्यक्रमका लागि रू १५ अर्ब बजेट विनियोजन ।
  • कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने ।
  • नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउने।
  • दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्‍चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्ने। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउने ।
  • लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क रू १० लाख पुर्‍याइने ।
  • कर्मचारी सञ्‍चय कोष नागरिक लगानी कोष निक्षेप तथा कर्जा सुरक्षण कोष स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्‍चालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउने।
  • सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रुपमा बीमा गर्ने व्यवस्था गर्ने।
  • विपद् पश्‍चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणको विस्तार गर्ने।
  • आवासीय भवनको बीमा बापत अधिकतम दश हजार रूपैयाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाइने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS