काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै इङ्वा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा जलविदूतका लगानकिर्ताले ३ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।













