काठमाडौं । सुपर खुदी हाइड्रोपावरको शेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।
सुपर खुदी हाइड्रोपावरको आइपीओ आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर भोलिबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा सुपर खुदी हाइड्रोपावरको कुल १ करोड ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३१ लाख कित्ता (२० प्रतिशत) र संस्थापकको १ करोड २४ लाख कित्ता (८० प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले सुपर खुदी हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले एसकेएचएल पाएको छ।
अब भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
सुपर खुदी हाइड्रोपावरले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने फागुन १७ गते गरिएको थियो।












