IME Life New

थोरै औपचारिक र धेरै अनौपचारिक रूपमा सिक्न बाध्य नेपाली बीमाङ्कीय विश्लेषक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका आधा एक्चुरियल विश्लेषक (बीमाङ्कीय विश्लेषक) हरूले आफ्नो कम्पनीका नियुक्त बीमाङ्कीहरूबाट कुनै पनि काममा तालिमको अवसर नै पाउँदैनन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले विद्यमान प्रशिक्षण अवसर अनौपचारिक, छलफल आधारित, र संकीर्ण रूपमा केन्द्रित रहेको अवस्था उजागर गरेको छ। सहकर्मी सिकाई र औपचारिक मार्गदर्शन धेरै हदसम्म बीमा कम्पनीभित्र उपलब्ध नै छैन।

Esewa
Crest

बीमा प्राधिकरणले जारी गरेको बीमकको बीमाङ्की नियुक्ती सम्बन्धि निर्देशिका २०२४ निर्देशिका स्पष्ट छ: नियुक्त बीमाङ्कीहरूले प्रत्येक सान्दर्भिक कार्यको लागि बीमाङ्कीय विश्लेषकहरूलाई कम्तिमा दश घण्टाको कार्य स्थलमै तालिम प्रदान गर्नुपर्छ। जनवरी २०२६ मा गरिएको सर्वेक्षणले यो प्रावधानलाई तीन मध्ये एक भन्दा कम कम्पनीहरूमा पालना गरिएको देखाउँछ।

सर्वेक्षणमा सहभागि बीमाङ्कीय विश्लेषकहरू मध्ये ५० प्रतिशतले नियुक्त बीमाङ्कीबाट कुनै पनि प्रशिक्षणको अवसर नपाएको गुनासो गरेका छन्। तालिम प्राप्त गर्नेहरू मध्ये, २२.५% ले दश घण्टा भन्दा कम तालिमको अवसर पाएको गुनासो गरेका छन् । यसैगरी जम्मा २७.५ % बीमाङ्कीय विश्लेषकहरूले निर्देशिका अनुसारको न्यूनतम प्रशिक्षण प्राप्त गरेका छन्।

उपलब्ध तालिमको गुणस्तर पनि चिन्ताको विषय हो । सर्वेक्षणले उजागरण गरेको छ कि, अधिकांश प्रशिक्षण अनौपचारिक र छलफलमा आधारित हुन्छ, मुख्यतया बीमाङ्कीय मूल्याङ्कन र मोडेल सेटिङमा केन्द्रित हुन्छ। थोरै संख्यामा विश्लेषकहरूले मूल्य निर्धारण, उत्पादन मोडलिङ, आइएफआरएस १७, वा जोखिम आधारित पूँजी र सल्भेन्सी फ्रेमवर्क जस्ता उन्नत विषयहरू समेट्ने थप संरचित प्रशिक्षण प्राप्त गरेको बताएका छन्।

प्रतिवेदनको कार्यकारी सारांश, “तालिमको अनौपचारिक र असंरचित प्रकृतिले सन्तुष्टिको मध्यम स्तर मात्र निम्त्याएको छ।”

यो मुद्दा औपचारिक प्रशिक्षणभन्दा बाहिर व्यवसायीक लगानीको फराकिलो सोचको आवश्यकतामा फैलिएको छ। परिक्षाका लागि शुल्क प्रायोजन सहितको उपयुक्त वातावरण, अध्ययन बिदा, अध्ययन सामग्रीमा पहुँच, पूर्ण वास्तविक योग्यतातर्फ विश्लेषकको प्रगतिमा महत्वपूर्ण कारक बन्न सक्छन् । तर यी अवसरहरू र वातावरण उपलब्ध नहुनु दुःखद हो ।

सर्वेक्षणले संकेत गरेको कि बीमकले बीमाङ्कीय विश्लेषकहरूसँग बीमकको तर्फबाट भइरहेको व्यवहार गैरव्यवसायीक छ। एक तिहाइ भन्दा कम कम्पनीहरूले मात्र परिक्षा शुल्क परिपूर्ती वा अध्ययन प्याकेजलाई बीमाङ्कीय विश्लेषक टिकाइ राख्ने रणनीतिको एक भागको रूपमा प्रस्ताव गरेका छन् ।

वरिष्ठ अभियन्ताहरूबाट प्रशिक्षण र सुझाव बीमाङ्कीय विश्लेषकको अनुभव तिखार्ने पक्षमा अर्को एउटा ठूलो खाडल हो। केही विश्लेषकहरूले विशेष कार्यहरूमा नियुक्त बीमाङ्कीसँग अन्तरकृयाको अवसर पाएको जानकारी दिएपनि फराकिलो मार्गदर्शन सम्बन्ध, दीर्घकालीन मार्गदर्शन, वृत्ती विकास सल्लाह, संगठन भित्रको प्रायोजन, धेरै हदसम्म अभाव छ।

करिब ५० सदस्य भएको नेपाल एक्चुरियल सोसाइटीले पियर लर्निङ र अन्तर कम्पनी ज्ञान आदानप्रदानका लागि सम्भावित प्लेटफर्म प्रदान गर्छ । तर व्यस्थित मार्गदर्शन कार्यक्रमहरूको अवसर दिलाउने सम्बन्धमा यसको क्षमता सीमित छ।

बीमाङ्कीय विश्लेषकहरूले भन्छन् दक्ष जनशक्ति उत्पादनका लागि यी विषयहरू सम्बोधन गरिनुपर्छः

· पर्याप्त समयावधिको संरचित र व्यवहारिक प्रशिक्षण कार्यक्रम
· सल्लाहकार र ज्ञान हस्तान्तरणको लागि वरिष्ठ बीमाङ्कीहरूसँग पहुँच
· परिक्षा शुल्क प्रतिपूर्ति र अध्ययन बिदाको सुविधा
· मोडलिङ र मूल्य निर्धारण सहित उच्चस्तर कार्यहरूमा प्रत्यक्ष संलग्नता
· प्राधिकरणद्वारा आयोजित कार्यशालाहरू र ज्ञान साझेदारी कार्यक्रमहरू

प्राधिकरणको सर्वेक्षण प्रतिवेदनले प्राधिकरणलाई व्यवहारिक बीमाङ्कीय कार्यमा केन्द्रित तालिम कार्यशालाहरू आयोजना गर्न र अन्तर्राष्ट्रिय बीमाङ्कीय संस्थाहरूसँगको सहकार्यलाई नेपाली बजारमा बाह्य विशेषज्ञता ल्याउनको लागि आह्वान गरेको छ।

फाइल तस्वीर / श्रोतः एक्चुअरियल सोसाइटी अफ नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS