काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ९० अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दोर्दी खोलाका लगानीकर्ताले ९ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।












