काठमाडौं । आज शेयर शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ । आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६० लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको २२ करोड ७५ लाखको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १८ करोड ९२ लाखको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अपर साङगे हाइड्रोका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


















