IME Life New

रुरु जलविद्युत परियोजनाको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश (करसहित) छन्।

Esewa
Crest

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही पुस २५ गते २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले लामांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले बोनस शेयर जारीपछि कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र यसका लागि नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकसहित ६ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कमपनीले यही पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ९ गते (१० गते क्रिसमस डेको सार्वजनिक बिदा, शुक्रबार शेयर कारोबार नहुने र १२ गते शनिबार)सम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS