IME Life New

सन नेपाल लाइफले पुस २५ गते डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुई आर्थिक वर्षको साधारणसभा एकैपटक यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष२०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले कम्पनीको अधिकृत पुँजी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८२ र २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS