काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनकिो पुस २ गते बसेकोसञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेका छन् ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
1765973694171
















