IME Life New

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८१।८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २५ गतेको पत्रमार्फत स्वीकृत भएको जानकारी गराएको थियो। प्राधिकरणको स्वीकृतिपछि कम्पनीले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमालेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो। कम्पनीले प्रतिहजार बीमांकमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

Esewa
Crest

रिलायबल सावधिक जीवन बीमा योजना

कम्पनीले यस बीमा योजनामा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। यस योजनामा ५ वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल सुलभ जीवन बीमालेख/सुलभ बाल जीवन बीमालेख प्लस योजना/सर्वसुलभ बाल जीवन बीमालेख/सजिलो बाल जीवन बीमालेख

यस योजनाअन्तर्गत प्रतिहजार ५ देखि ९ वर्षसम्मको अवधिका लागि २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि २९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३३ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ४१ रुपैयाँ कायम भएको छ।

रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी)

कम्पनीको यस योजनाअन्तर्गत प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि २५ रुपैयाँ र १५ र सोभन्दा माथि अवधिका लागि २६ रुपैयाँ बोनसदर कायम भएको छ।

लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेख

कम्पनीले यस योजनाअन्तर्गत प्रतिहजार ५ देखि ९ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३१ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३३ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ३४ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ३५ रुपैयाँ कायम गरेको छ।

सावाधिक तथा आजीवन बीमा योजना

यस योजनाअन्तर्गत कम्पनीले प्रतिहजार ५ देखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ कायम गरेको छ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना

कम्पनीको यस योजनाअन्तर्गत प्रतिहजार १०, १२ र १४ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ तथा १६, १८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल समुन्नति जीवन बीमा

कम्पनीको यस योजनाअन्तर्गत प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १५ देखि २४ वर्षसम्मको अवधिका लागि २१ रुपैयाँ र २५ वा सोभन्दा माथि अवधिका लागि २३ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावाधिक बीमालेख)

कम्पनीको यस योजनाअन्तर्गत प्रतिहजार ५ देखि १४ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम भएको छ।

कम्पनीको उल्लेखित अवधिका लागि उपरोक्तअनुसारको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै अर्को बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा समेत सोहीअनुसार बोनसदर कायम हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS