IME Life New

तारागाउँ रिजेन्सी होटल्सको साधारणसभा पुस २३ मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

होटल सञ्चालक समितिको बैठकले यही पुस २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश –करबाहेक) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ होटलले यही पुस ७ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS