काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स पोखरामा कार्यरत बाबुराम लामिछानेले २०२६ का लागि एमडीआरटीको लक्ष्य हासिल गरेका छन् । यो सफलता उनले २०१९ देखि लगातार प्राप्त गरेका हुन् । उनको लगातार परिश्रम, लगनशीलता र असल सेवाको कारण यो सफलता हासिल गरेका हुन् ।
साविक गुराँस लाइफबाट आफ्नो बीमा यात्राको सुरुवात गरेका बाबुरामले २०७४ सालदेखि निरन्तर बीमाबाट सामाजिक परिवर्तन र उद्यमशीलताको सपना बोकेर अघि बढिरहेका छन् ।
प्राइभेट जागिर र व्यापार त्यागेर पूर्ण रूपमा बीमा पेशामा प्रवेश गरेका उनले कहिल्यै पछाडि फर्किनु परेन। बीमाबाट हुने आम्दानी र सेवाको फलस्वरूप उनले पोखरामा घर–घडेरीसमेत किन्न सफल भएका छन् । अहिले पोखरा–१७, बिरौटामा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
बीमाबाट प्राप्त आर्थिक स्थिरताले उनलाई सुजुकी ब्रेजा गाडी किन्न प्रेरित गर्यो, जसैमा सवार भएर उनी देशका विभिन्न भू–भागमा पुग्दै मानिसहरूमाझ बीमाको महत्त्व फैलाउने असाधारण अभियानमा निरन्तर लागिरहेका छन् ।
उनले ७७ जिल्लामध्ये ६९ जिल्ला भ्रमण गरिसकेका छन् । बीमा सेवा केवल पेशा होइन, राष्ट्रभरि चेतना फैलाउने अभियान हो भन्ने भावनाबाट उनी परिचालित छन् ।
उनलाई आफ्नो यात्रामा साथ र प्रेरणा दिने हिमालयन लाइफका शाखा प्रमुख प्रकाश रेग्मी र रात–दिन उत्प्रेरित गर्ने श्रीमती मिनाश्री शर्मा सुवेदीलाई कृतज्ञता व्यक्त गरेका छन् ।
उनी लगातार १० पटक एमडीआरटी बन्ने र देशका सबै ७७ जिल्लामा आफ्नो टिममार्फत एजेन्सी कार्यालय स्थापना गरी राष्ट्रिय स्तरमा बीमा सेवा विस्तार गर्ने उनको उद्देश्य रहेको छ । उनको दृढता, समर्पण र सफलताले बीमा पेशालाई नयाँ उचाइमा पुर्याएको छ।


















