IME Life New

मेट लाइफ नेपालले मनायो २४औँ वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ नेपालले आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । जसले देशभरका लाखौँ मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउँछ ।

विगतका वर्षहरूमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेट लाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहकहरूको पहुँच र सुविधा बढाउने क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ । यसै क्रममा, कम्पनीले ३६० हेल्थ सेवा र वान बाई मेटलाइफ मोबाइल एप मार्फत स्वास्थ्य व्यवस्थापन सेवा प्रारम्भ गर्ने नेपालकै पहिलो बीमा कम्पनी बनेको छ ।

Esewa
Crest

वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइको संयोजनसँगै, मेटलाइफ नेपालले नेपाली परिवारहरूलाई प्रदान गर्दै आएको मार्गदर्शन र समर्थनको स्तरलाई लगातार सुदृढ बनाइरहेको छ ।

इलेना बुटारोभा, हेड अफ मेट लाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामले भनिन्“ हामी आगामी वर्षहरूका लागि अझ उत्साहित छौँ। नेपालसँगै बढ्दै, हाम्रा ग्राहकहरूको भविष्यमाथि थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

यस वर्ष ग्रेट प्लेस टु वर्कू मान्यता प्राप्त गर्न मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता कल्याणकारी पहलहरूमा उनीहरूको समर्पणप्रति कम्पनीले प्रशंसा प्रकट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS