IME Life New

नेपाली सेना र प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो, कुन-कुन पदमा ? (सूचनासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ।

नेपाली सेनामा प्राविधिक सेवालगायतमा ३८८ जनाका लागि भर्ना खुलाएको छ। इन्जिनियरिङ, प्राविधिक, हवाई, स्वास्थ्य तथा अन्य विविध सेवातर्फ भर्ना खुलाइएको हो।

Esewa
Crest

नेपाली सेनाले कुल संख्यामध्ये खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जनाका लागि आवेदन खुला गरेको छ।

इच्छुक र योग्य उम्मेदवारले आज मंसिर २६ गतेबाट आवेदन दिन सक्नेछन्। आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ।

यसैगरी नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक (असई) मा नयाँ भर्ना खुलाएको छ । जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ प्रहरी निरीक्षक र ४३८ असई पदमा भर्ना खुलाइएको हो।

योग्य उम्मेदवारले प्रहरी निरीक्षकमा पुस ६ गतेदेखि माघ ५ गतेसम्म र प्रहरी सहायक निरीक्षकमा पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त अनलाइनबाट पेस गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS