IME Life New

शाइन रेसुङ्गा सहित चार कम्पनीको एजीएम आज बस्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साभारण सभा गद्रैछन् ।

बरुण हाइड्रोपावर कम्पनीको २२औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि ) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ।

Esewa
Crest

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सत्रौं वार्षिक साधारणसभा आज रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.केमा दिउँसो साढे १२ बजे बस्दैछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

मकर जितुमाया सुरी हाइड्रोपावरको १७औं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान साढे १० बजे बस्नेछ। यस कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन भने सभाका लागि मंसिर १२ गते बुक क्लोज गरिसकेको छ।

सर्वोत्तम सिमेन्टको सातौं वार्षिक साधारणसभा आज रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासमा बिहान ११ बजे बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रप्तिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले मंसिर १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS