IME Life New

आजसम्म कायम शेयरधनीले यी २ कम्पनीको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावर र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ सिक्लेस हाइड्रोपावरले भोलि मंसिर १८ गते र आईसीएफसी फाइनान्सको पर्सि मंसिर १९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। भोलि मंसिर १८ गते सार्वजनिक बिदा परेकोले आजसम्म कायम शेयरधनी सिक्लेस हाइड्रोपावरसँग आईसीएफसी फाइनान्सको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

सिक्लेस हाइड्रोपावरले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ को २० औँ र २१ औँ वार्षिक साधारणसभा यही मंसिर २९ गते डाकेको छ। सभा कास्कीको पोखरास्थित घारीपाटनमा रहेको आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले दुवै आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ६७ लाख १० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश छन्।

सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्तनाव पनि सभाले अनुमोदन गर्नेछ। यसका लागि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

हकप्रद शेयर जारी गर्दा नियमनकारी निकायहरुमा आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिन प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले नयाँ सञ्चालक समिति पनि चयन गर्नेछ।

सभाले उक्त दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

यसैगरी आईसीएफसी फाइनान्सले मंसिर २९ गते २२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा बिहान १० बजे काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको नाफा–नोक्सान तथा हिसाब नगद प्रवाहलगायतका वित्तीय विवरण स्वीकृत गरी पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS