IME Life New

सिक्लेस हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, लाभांश र हकप्रद मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावरले दुई आर्थिक वर्षको एकैपटक वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ को २० औँ र २१ औँ वार्षिक साधारणसभा यही मंसिर२९ गते डाकेको हो। सभा कास्कीको पोखरास्थित घारीपाटनमा रहेको आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले दुवै आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ६७ लाख १० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश छन्।

सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्तनाव पनि सभाले अनुमोदन गर्नेछ। यसका लागि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

हकप्रद शेयर जारी गर्दा नियमनकारी निकायहरुमा आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिन प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले नयाँ सञ्चालक समिति पनि चयन गर्नेछ।

सभाले उक्त दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मंसिर १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS