IME Life New

सुपर मादी हाइड्रोपावरले बोनस शेयर वितरणपछि ५०% हकप्रद शेयर ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर मादी हाइड्रोपावरले बोनस शेयर वितरणपछि ५० प्रतिशत हकप्रद शेयर ल्याउने भएको छ।

कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित करबाहेक ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी २ खर्ब २० करोड ५० लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुग्नेछ। बोनस शेयर पारित गर्न कम्पनीले १६ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते डाकेको छ।

Esewa
Crest

कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाउनेछ। अब अर्को साधारणसभामा यो हकप्रदको विशेष प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।

हकप्रद शेयर बिक्रीबाट जुट्ने पुँजी कम्पनीले तमोर इनर्जी प्रालिले ताप्लेजुङ जिल्लास्थित तमोर नदीमा निर्माणाधीन २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना निर्माणमा लगानी गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS