आज नेप्से परिसूचक १५ दशमलव ७० अंकले बढेर २,५६६ को विन्दुमा कायम भएको छ । आज २९७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।


















