काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे ५३ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत भएको छ। यो कम्पनीको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।
कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।
अब यो हकप्रद शेयर आउँदो आइतबारबाट कारोबार गर्न मिल्नेछ।

















