काठमाडौं । कर्मचारी आन्दोलनको डेढ महिनापछि नेपाल धितोपत्र बोर्डबाट सोलु हाइड्रोपावरले आईपीओ अनुमति पाएको छ।
सेवासुविधाता कटौतीको विषयमा लिएर धितोपत्र बोर्डका कर्मचारी आन्दोलनमा उत्रिएका थिए। अर्थ मन्त्रालयले कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबतापछि आन्दोलन स्थगित भएपछि डेढ महिनापछि सोलु हाइड्रोपावरले आइपीओ अनुमति पाएको हो।
यो कम्पनीले चुक्तापुँजीको २० प्रतिशतले हुने आउने २ अर्ब रुपैयाँबराबरको आइपीओ निष्कासन अनुमति पाएको छ। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता आइपीओ बिक्री खुला गर्नेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

















