IME Life New

ठमेलमा थपिंदै अर्को पाँच तारे होटल, बन्दैछ साढे २ अर्ब लगानीमा शेराटन होटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनाङ हस्पिटालिटी लिमिटेडले ठमेलमा पाँच तारे स्तरको होटल निर्माण शुरू गरेको छ। भगवती मार्गमा अवस्थित होटल वैशालीको सम्पत्ति खरिद गरेर मनाङ हस्पिटालिटीले पाँच तारे स्तरको होटल निर्माण थाल्ने योजना छ।

हस्पिटालिटीले १०८ कोठे बहुतल्ले भवन सहितको पाँच तारे स्तरको होटल निर्माण गर्न लागेको हो । होटल निर्माणका लागि ठमेलमै रहेको होटल वैशालीको भवन र जग्गा खरिद गरेको छ। होटल निर्माणका लागि २ अर्ब ६७ करोड ७० लाख रूपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ। यो रकममध्ये २५ प्रतिशत स्वपूँजी र बाँकी ऋण पूँजीबाट जुटाउने योजना छ।

Esewa
Crest

विदेशी पर्यटकहरूको प्रमुख चहलपहल हुने ठमेलमा मेरियट इण्टरनेशनलसँगको सहकार्यमा हस्पिटालिटीले  फो प्वाइण्ट्स बाइ शेराटन (Four Points by Sheraton) ब्राण्ड नामबाट होटल सञ्चालन गर्नेछ। क्रेडिट रेटिङ एजेन्सी, इन्फोमेरिक्स नेपालका अनुसार, यसको लागि दुबै पक्षबीच होटल व्यवस्थापन र सञ्चालन सम्बन्धित सम्झाैता भइसकेको छ।

सन् २०२७ मा आंशिकरूपमा सेवा शुरू गरिने यो होटलले सन् २०२८ देखि पूर्णरूपमा सेवा प्रदान गर्ने लक्ष्य रहेको रेटिङ एजेन्सीले जानकारी दिएको छ।

मनाङ हस्पिटालिटीले बैंक ऋण प्रयोजनका लागि इन्फोमेरिक्स नेपाल लिमिटेडबाट गराएको वित्तीय सबलता मूल्याङ्कनका क्रममा डब्बल बी माइनस र ए फो रेटिङ पाएको छ। यो रेटिङले उच्च वित्तीय जोखिमको अवस्थालाइ औंल्याउँछ। रेटिङ एजेन्सीका अनुसार, नयाँ होटल परियोजना शुरूवाती चरणमा रहेको र पर्यटन क्षेत्रमा अस्थिरताका कारण जोखिम उच्च रहेकाले यस्तो रेटिङ प्रदान गरिएको हो।

मनाङ हस्पिटालिटीले ठमेलमा चार तारे स्तरको होटल मनाङ सञ्चालन गरिरहेको छ। मनाङ हस्पिटालिटी लिमिटेड गुड कर्मा ग्रुप अन्तर्गतको उपक्रम हो। यो व्यवसायीक समूहले पर्यटन, निर्यात र घरजग्गा व्यवसाय सञ्चालन गरिरहेको छ। अमेरिकाको फोरदम युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधी प्राप्त कर्मा तेन्जिङ यो हस्पिटालिटी कम्पनीका अध्यक्ष हुन् । उनीसँग अन्तर्राष्ट्रिय वित्तीय र उद्यशिलताको क्षेत्रमा अनुभव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS