IME Life New

नबिल बैंकको नाफा पौने २ अर्ब माथि, खराब कर्जामा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमासमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १४.५७ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म बैंकले ३०.१५ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म लाभांश क्षमता २०.९६ प्रतिशत थियो।

चालु वर्षको असोसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १०.८४ प्रतिशतले घटेको छ।

असोजसम्म बैंकले ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी ५.७७ प्रतिशतले कम हो।

चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ र रिजर्भमा ३१ अर्ब ९० करोड ९५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.९७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.४२ प्रतिशत थियो।

चालु वर्षको प्रथम त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २५.४९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २९.८३ रुपैयाँ थियो। पीई रेसियो १९.९७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS