आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।


















