काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर ल्याउने स्वीकृति पाएको छ।
आयोगले साउन २७ गते पत्र पठाउँदै मन्दाकिनी हाइड्रोपावरलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो। आयोगले कम्पनीलाई ४२ करोड ९४ लाख २४ हजार २५०.३० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको छ।
अब कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।

















