IME Life New

मूल्य समायोजनपछि जोशी हाइड्रोपावरको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ जोशी हाइड्रोपावरको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३१६.९८ रुपैयाँ कायम गरेको हो। बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको शेयरभाउ प्रतिकित्ता ४५८.०२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

कम्पनीले हकप्रद शेयर वितरण प्रयोजनका लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ बिहीबार असाज ५ गते (६ गते शुक्रबार र ७ गते शनिबार) सम्म कायम शेयरधनीहरु यो कम्पनीको हकप्रद शेयर भर्न योग्य भएका छन्।

नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS