IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० वटै कम्पनी हाइड्रो, कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा बन्द भएको हो।

सामान्य बढेको बजारमा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.७६ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ९० कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १५७ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज करिब साढे ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा माई हाइड्रोपावरः ८९ करोड १ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८७ करोड २० लाख रुपैयाँ
  • बुटवल पावरः ६४ करोड ६० लाख रुपैयाँ
  • राधी विद्युतः ५० करोड ७४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ५० करोड ३८ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४५ करोड ९० लाख रुपैयाँ
  • चिलिमे जलविद्युतः ४१ करोड ९४ लाख रुपैयाँ
  • सिनर्जी पावरः ३२ करोड ७३ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २९ करोड ३९ लाख रुपैयाँ
  • साहस ऊर्जाः २७ करोड २८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS