इन्योरेन्स खवर/काठमाडौः रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८ करोड ४६ लाख ३२ हजार खुद नाफा कमाएको छ । जुन अघिल्लो त्रैमासको तुलनामा ३४ प्रतिशतले बढि हो ।
कम्पनीले अघिल्लो त्रैमासमा कुल ६ करोड ३१ लाख ४५ हजार नाफा आर्जन गरेको थियो । १ अर्व ४० करोड चुक्ता पुँजी रहेको यस कम्पनीले जगेडा तथा कोषमा ८ करोड ९५ लाख राखेको छ । त्यसैगरि जीवन बीमा कोष अन्तर्गत कुल २ करोड १२ लाख बढि रकम राखेको छ ।
तिर्न बाँकी दिर्घकालिन ऋण तथा सापटीमा तथा महा–विपत्ति जगेडा भने शन्य रहेको छ । यो अवधिमा कुल २१ करोड बढि बीमा शुल्क आर्जन गरेको कम्पनीले अघिल्लो त्रैमासमा भने ९ करोड आर्जन गरेको थियो ।
त्यसैगरी कम्पनीले हालसम्म ५९ हजार ३५१ बीमालेखबाट २१ करोड २ लाख ११ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । भने चार बीमालेखको ४२ लाख २८ हजार रुपैया दावी भुक्तानी गरेको छ ।
सार्वजानिक विवरण अनुसार एक बीमालेखको १४ लाख रुपैयाँ दावी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०६, पैसा प्रति शेयर नेटवर्थ १०६ रुपैयाँ ३९ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११९.९७ रहेको छ ।