काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीको ८४ लाख १२ हजार बढी कित्ता शेयरको लइकन अवधि आउँदो असार ७ गतेबाट सकिने भएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि सकिनेबारे जानकारी गराएको हो। लकइन अवधि सकिने कुल कित्तामा संस्थापकको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीयको ७ लाख ५६ हजार ४२० कित्ता र कर्मचारीको ६५ हजार ८६५ कित्ता शेयर रहेको छ।
कम्पनीले सर्वसाधारणलाई जारी गरेको आइपीओ २०७९ असार ८ गते बाँटफाँट गरिएको थियो। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था व्यवस्था रहेको छ।

















