IME Life New

उकालो लाग्दै डिजिटल कारोबार, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख नाघे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा मोबइल बैंकिङ प्रयोगकर्ताको २ करोड ७० लाख नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार चैतसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार २ पुगेको छ। गत असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो। नौ महिनामा ९.५८ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्म मोबाइल बैंकिङबाट ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। गत असारसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यसले डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य वृद्धि भएको देखाउँछ।

चालु आर्थिक वर्षको चैतसम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ७ हजार पुगेको छ। गत असारसम्म यो संख्या २ करोड ३४ लाख ६१ हजार थियो।

वालेटको प्रयोग गरी चैतसम्म ४३ अर्ब ९१ करोड रुपैयाँको भुक्तानी भएको छ। गत असार मसान्तसम्म वालेटबाट ३८ अर्ब १४ करोड रुपैयाँ भुक्तानी भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS