IME Life New

३० अंकले घटेको बजारमा कारोबार रकम १२ अर्ब ९४ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ३६ अंकले घटेर २,८४६ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर भाउ बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावरका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS