काठमाडौं । सोमबार नेप्से परिसूचक २८७६.६६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १३.६२ अंकले घटेको छ।
१४ अर्ब २८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १ अर्ब ५४ करोड २७ लाखको कारोबार भएको छ जसमा ७५ करोड ८० लाखको खरीद छ भने
७८ करोड ४७ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ बाट ५५ करोड ७८ लाखको खरीद छ भने ६१ करोड १७ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ले विक्री धेरै गरेका छन्।


















