IME Life New

ग्रीन भेन्चर्सको पौने ३ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन भेन्चर्सको पौने ३ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन अवधि आउँदो चैत २० गतेबाट सकिने भएको हो। जसमा संस्थापक समूहको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीको ९३ हजार ७५० कित्ता रहेको छ।

Esewa
Crest

कम्पनीले आयोजना प्रभावितलाई २०७८ फागुन २ गतेदेखि फागुन २० गतेसम्म आइपीओ बिक्री खुला गरी फागुन २९ गते बाँडफाँट गरेको थियो। सर्वसाधारणलाई भने कम्पनीले २०७८ चैत ८ गतेदेखि चैत ११ गतेसम्म आइपीओ जारी गरेको छ। सर्वसाधारणका लागि जारी आइपीओ २०७८ फागुन २० गते बाँडफाँट गरिएको थियो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम सर्वसारधाणलाई आइपीओ बाँडफाँट गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीलाई बाँडफाँट गरिएको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम ३ वर्ष पूरा भएपछि ती समूहको शेयरको लकइन अवधि सकिने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS