IME Life New

घट्यो डिजेल र मट्टितेलको मूल्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बेठकले आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा डिजेल तथा मट्टितेल प्रतिलिटर १ रुपैयाँको दरले घटााएको हो ।

त्यस्तै, पेट्रोल, आन्तिरिक तथा अन्तराष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको छ । हवाई इन्धन आन्तरिकतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्ट मा बिक्री मूल्य कायम गरिएको छ ।

Crest

निगमले डिजेल मटिट्तेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५४ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५५ रुपैयाँ निर्धारण गरेको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS