IME Life New

पुससम्म विद्युत् प्राधिकरणको नाफा ११.३६ अर्ब, कुल आम्दानी करिब साढे ७० अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस)सम्ममा सवा ११ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म ११ अर्ब ३६ करोड नाफा आर्जन गरेको हो। गत आर्थिक वर्ष २०८०।८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। यो हिसाबले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नाफा अझै बढ्न सक्ने देखिएको छ। आर्थिक वर्ष २०७२।७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरु निरन्तर नाफामा रहेको छ।

Esewa
Crest

प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। विद्युत् खरिद, प्रशासनिक र विभिन्न आयोजनालगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ। पुससम्म प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

प्राधिकरणले आर्जित नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ।

प्राधिकरणले पुससम्ममा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सकंलन गरेको छ। सोही अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ।

खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ। भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। प्राधिकरणले साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS