काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम विभिन्न नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणहरुमा बुक बिल्डिङ्ग विधि मार्फत प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यस कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
यस कम्पनी विगत ३० बर्ष देखि गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा कारखाना र ललितपुर सातदोवाटोमा मार्केटिङ्ग कार्यलय स्थापना गरी ३०० जना भन्दा बढी कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिईरहेको एक प्रतिष्ठित WHO-GMP Certified उद्योगको रुपमा परिचित छ । यस कम्पनीबाट Sinex, Paraflam, Salif, Pulmarin, AZT, SITA-M, Clarith, Folvin, T-Zoline, Himox जस्ता ब्राण्डहरु विभिन्न Therapeutic Segment हरुमा करिब २०० भन्दा बढि गुणस्तरीय औंषधिहरु उत्पादन गरी देशभरी सेवा पुर्याई रहेको छ ।
“स्वास्थ्य नेपाल हाम्रो अभियान, गुणस्तरीय औषधि हाम्रो पहिचान” भन्ने मूल नाराबाट प्रेरित यस कम्पनी देश र जनताका लागि आवश्यक पर्ने अधिकांश औषधीहरुमा आत्मनिर्भर बन्न सहयोग पुरयाई राष्ट्रको स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्न ठुलो मद्दत गरीरहेको छ । साथै यस कम्पनीले व्यापारीक सञ्जाल विस्तार तथा प्रबिधि भित्राउन मित्रराष्ट्र बङ्लादेश स्थित SQUARE Pharmaceuticals Plc. र हङकङ्ग स्थित HK-VJM Limited व्यापारीक सहकार्य गरी औषधिहरु निर्यात गरिरहेको र आगामी दिनहरुमा अन्य राष्ट्रहरुमा पनि निकासी गर्ने योजना रहेको छ ।

















