काठमाडौं । नेपाल राष्ट्र बैंकले समीक्षा गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछिको पहिलो दिनको कारोबारमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १५ अंकले बढेर २,८१५ को विन्दुमा कायम भएको छ । आज १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनकिो घटेको छ ।
आज दिनभरिमा ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस कम्पनीको शेयर कारोबारमा आएको पहिलो दिनबाटै नै सकारात्मक सर्किट लाग्दै आइरहेको छ । अपर हेवाखोलाका लगानीकर्ताले पनि १० प्रतिशतका दरले नै कमाएका छन् । सिन्धु विकास बैंक र दोर्दी खोलाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

















