IME Life New

सामान्य अंकले बढेको बजारमा कारोबार रकम ११ अर्ब नाघ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ३५ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ८० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ९४ लाखको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै गार्डिन मायक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS